Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

आर्सनलको कठिन जित

$
0
0

काठमाडौँ, १६ माघ । यस सिजन नयाँ खेलाडी नकिन्ने निर्णय गरेको आर्सनलले क्याड्रिफ सिटीलाई २-१ गोलले पराजित गरेको छ ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा पिरी एमरिक एयुमयाङले खेलको ६६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ८३ औ मिनेटमा लाकाजेटीले गोल गर्दै आर्सनललाई दुई गोलको अग्रता बनाए ।

तर, खेलको अन्तिम समयमा नथानी मेन्डेजले एक गोल फर्काएका थिए । यो जितसँगै आर्सनलले २४ खेलमा ४७ अंक जोडेको छ । क्याड्रिफ सिटीको २४ खेलमा १९ अंक रहेको छ ।

The post आर्सनलको कठिन जित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles