काठमाडौँ, १८ माघ । गएराति भएको कोपा इटालियामा इन्टर मिलानलाई लाजियोले पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
अतिरिक्त समयमा लाजियोका लागि सिरो इमोबाइलले गोल गर्दै अग्रता दिलाएका थिए । तर, अन्तिम समयमा इन्टर मिलानले पेनाल्टी पायो ।
इन्टरका लागि इकार्दीले गोल गरे । अतिरिक्त समयमा खेल एकएक गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा लाजियोले इन्टरलाई ३-४ गोलले पराजित गर्यो ।
The post कोपा इटालियाबाट इन्टर मिलान पनि बाहिरियो appeared first on Sajha Post.