Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

विराट कोहलीको बारेमा कपिलले गरे अहिलेसम्मकै ठूलो भविष्यवाणी !

$
0
0

मुम्बई । भारतीय कप्तान विराट कोहलीले पछिल्लो समयमा जुन प्रकारले रन बटुलिरहेका छन्, त्यस हिसाबले जो कोहीले पनि उनको प्रशंसा गर्छ । भारतीय पूर्व क्रिकेटर कपिल देवले विराटको तारीफ गर्दै उनले अष्ट्रेलियाविरुद्धको सीरीजमा तेहोरो शतक प्रहार गर्न सक्ने बताएका छन् ।

आफ्नो समयमा उत्कृष्ट प्रदर्शन गरेका कपिलले भने, वि’राटले अबको अष्ट्रेलियासँग हुने सीरीजमा तेहोरो शतक समेत लगाउन सक्छन् ।’ कपिल देवले भने कि मानिसहरु विराटको तुलना डोन ब्य्राडमानसँग गर्छन् भने विराट पनि डोन जस्तै महान ब्याट्स्मान हुन् । विराटको जोशले सिंगै टीमलाई दर्शाउँछ ।

पछिल्लो समय कोहली निकै शानदार फर्ममा खेलिरहेका छन् । उनले हालै भएको बंगलादेशविरुद्धको टेस्ट म्याचमा दोहोरो शतक लगाएका थिए । उनी टेस्ट क्रिकेटमा संसारकै एक यस्तो ब्याट्स्मान बने कि जसले लगातार चार सीरीजमा चार दोहोरो शतक बनाए ।

 

The post विराट कोहलीको बारेमा कपिलले गरे अहिलेसम्मकै ठूलो भविष्यवाणी ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles