Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास

$
0
0

पोखरा, ४ फागुन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबार पोखरा रङ्गशालाको हातामा निर्माण गरिने अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास गरेका छन् ।

करिब तीन करोड ५० लाखको लागतमा निर्माण गरिने अधिराज्यकै नमुना हल निर्माण गर्न राष्ट्रिय खेलकूद परिषद्बाट ५० प्रतिशत प्राप्त हुने र बाँकी स्थानीयवासीबाट जनसहयोग परिचालन गरिने सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङले जानकारी दिए ।

शिलान्यासपछि बोल्दै सदस्य–सचिव विष्टले फेवातालको नामले चिनिने गरेको पोखरालाई अब खेलकुद नगरीको रुपमा चिनाउने गरी परिषद्ले उच्च प्राथमिकताका साथ व्यवस्थित र आधुनिक बनाउन पूर्वाधार विकासमा लगानी गर्न लागेको बताए ।

अर्को वर्ष पोखरामा ३० खेल समावेश गरिएको राष्ट्रिय खेलकूद परिषद च्याम्पिनसीप प्रतियोगिता सञ्चालन गरिन लागिएको जानकारी दिँदै सन् २०१९ को फेब्रुअरीमा नेपालमा हुन लागेको दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनसहितका सात खेल पोखरामा सञ्चालन गरिने विचार व्यक्त गरे ।

सङ्घका जिल्ला अध्यक्ष डम्बरसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठ, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला अध्यक्ष यमबहादुर गुरुङ, निर्माण समितिका संयोजक रुद्र घलेले मन्तव्य व्यक्त गरेका थिए । रासस

The post अत्याधुनिक ब्याडमिन्टन हलको शिलान्यास appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles