
काठमाडौं, २० माघ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहेको नेपाली टोलीले आज (आइतबार) अन्तिम तथा निर्णायक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्दैछ । खेल नेपाली समय अनुसार २ बजेर ४५ मिनेटमा सुरु हुने भनिएपनि वर्षा र हावाहुरीका कारण खेल केहिबेरपछि हुने बताइएको छ ।
खेल १–१ को बराबरी स्थितिमा छ र दुवै टोली खेल जितेर शृङ्खला आफ्नो पक्षमा पार्ने दाउमा छ। तीन एकदिवसीय शृङ्खला २–१ ले जितेको नेपालले टी–२० मा पनि २–१ को जित निकाली त्यही इतिहास रच्न चाहन्छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको नेपालले दोश्रोमा ४ विकेटको जित निकालेर शृङ्खला बराबरीमा पुर्याएको थियो ।
आजको खेलमा खेलाडी भीम सार्कीको डेब्यु हुनसक्ने बताइएको छ।
यदि आजको खेल हुन सकेमा जित्ने टोलीले श्रृंखला आफ्नो नाममा लेखाउने छ भने अन्यथा बराबरीमा टुंगिने छ ।
The post के नेपाली क्रिकेटले आज अर्काे इतिहास रच्न सक्ला ? वर्षाले खेल प्रभावित appeared first on Sajha Post.