Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेयमारबिनाको पिएसजी पराजित

$
0
0

काठमाडौँ, २१ माघ । फ्रेन्च लिग वानमा २० खेलमा अपराजित रहेको पेरीस सेन्ट जर्मेन (पिएसजी) अन्तत पराजित भएको छ । गएराति भएको खेलमा लियोनले घरेलु मैदानमा पिएसजीलाई २-१ गोलले पछारेको हो ।

खेलको सातौं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर, खेलको ३३ औं मिनेटमा मौसा डेम्बेलेले बराबरी गोल फर्काए ।

खेलको ४९ औं मिनेटमा नबिल फेकिरले पेनाल्टीमा गोल गर्दै लियोनलाई अग्रता दिलाए ।

यो जितसँगै लियोनले ४३ अंक जोडेको छ । लियोन लिगको तेस्रो स्थानमा रहेको छ । पिएसजी ५६ अंकका साथ शिर्षस्थानमा रहेको छ ।

The post नेयमारबिनाको पिएसजी पराजित appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles