Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

लिग लिडर लिभरपुललाई वेस्टहमले बराबरीमा रोकेपछि…

$
0
0

काठमाडौँ, २२ माघ । गएराति भएको प्रिमियर लिगमा लिग लिडर लिभरपुल फेरि बराबरीमा रोकिएको छ ।

वेस्टहमविरुद्ध खेल एकएक गोलको बराबरीमा सकिएपछि लिभरपुलले म्यानचेस्टर सिटीसँगको अंकदुरी पनि बढाउन असफल भएको छ ।

खेलको २२ औ मिनेटमा साइडो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए तर खेलको २८ औ मिनेटमा मिखेल एन्टोनियाले गोल बराबरी गोल फर्काएका थिए ।

यसअघिको खेलमा लिभरपुल लेइसेस्टरसँग एकएक गोलको बराबरी खेलेको थियो ।

मुख्य खेलाडीहरु घाइते भएपछि लिभरपुल खस्किएको समिक्षकहरुले बताएका छन् ।

लिभरपुलको २५ खेलमा ६२ अंक भएको छ । दोस्रो स्थानमा रहेको म्यान सिटीको ५९ अंक रहेको छ । यस सिजन प्रिमियर लिग उपाधिका लागि कडा प्रतिस्पर्धा हुने पक्का भएको छ ।

The post लिग लिडर लिभरपुललाई वेस्टहमले बराबरीमा रोकेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles