Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

बार्सिलोनाका प्रशिक्षक दोधारमा

$
0
0

काठमाडौँ, २२ माघ । कोपा डेल रे कपको सेमिफाइनल खेलमा बार्सिलोना र रियल मड्रिड आमनेसामने गर्दैछन् ।

यस सिजन उच्च फर्ममा रहेको बार्सिलोना र बिस्तारै लयमा फर्किएको रियलबीच कुन टिम फाइनलमा पुग्ने हो त्यो भने रोचक पक्ष हुनेछ ।

बार्सिलोनाका प्रशिक्षक भल्भरडे समस्यामा परेका छन् ।

लियोनल मेस्सी र ओउसमाने डेम्बेले घाइते भएपछि को को खेलाडी छनोट गर्ने उनी दोधारमा परेका छन् । मेस्सी र डेम्बेले नहुँदा टिममा समस्या आउने उनको बुझाइ रहेको छ ।

कठिन खेल तालिका भएका कारण पनि नतिजा जसै आफ्नो पक्षमा ल्याउन उनी ललायित रहेका छन् । सर्जियो बस्केट र इभान राकिटीप्रति आफ्नो विश्वास बढी रहेको उनले बताएका छन् ।

सेभियाविरुद्ध सानदार कमव्याक गर्दै सेमिफाइनलको यात्रा तय गरेको बार्सिलोना रियललाई पनि पराजित गर्दै फाइनलको यात्रा तय गर्ने दाउमा रहेको छ ।

The post बार्सिलोनाका प्रशिक्षक दोधारमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles