Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

नेक्सस् कप यू-१६ इन्टर एकेडेमी टी–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने

$
0
0

भक्तपुर, ५ फागुन । नेक्सस् क्रिकेट एकेडेमी (एनसिए) को आयोजनामा नेपाली क्रिकेटको विकासका लागि स्कुलस्तरबाटै प्रशिक्षण तथा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

रफत सञ्चार क्लबमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलन गर्दै नेक्सस् क्रिकेट एकेडेमीले आगामी चैत १५ देखि बैशाख ५ गते सम्म नेक्सस् कप यू–१६ इन्टर एकेडेमी टी–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आयोजना हुन लागेको हो ।

प्रतियोगितामा चार पुल बनाई हरेक पुलमा ८ टिमहरु हुने र हरेक टिमले लिग चरणमा ७/७ खेलहरु खेल्नेछन् । प्रतियोगितामा यू–१६ का मात्र खेलाडीहरु सहभागी गराउने उद्देश्यले संचालन गरिएको सो प्रतियोगितामा उमेर प्रमाणितका लागि कक्षा ८ को जिल्लास्तरीय परिक्षाको प्रमाणपत्र वा लब्धांक पत्रमा उल्लेखित जन्म मिति र बोन टेस्ट रिपोर्टलाई आधार मानिनेछ । प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरुले प्रति टिम तीस हजार सहभागी शुल्क तिर्नुपर्नेछ । अध्यक्ष शाहीका अनुसार सहभागीलाई आयोजकको तर्फबाट आवासको मात्र व्यवस्था गरिएको छ ।

The post नेक्सस् कप यू-१६ इन्टर एकेडेमी टी–२० राष्ट्रिय क्रिकेट टुर्नामेन्ट हुने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles