कैलाली, ६ फागुन । धनगढीमा नेपाली राष्ट्रिय टिम र धनगढी–११ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ । आउँदो चैत ५ गतेदेखि धनगढी स्थित सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा हुन गइरहेको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको उद्घाटन खेलको रुपमा दुवै टिमले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
धनगढी–११ टिममा सुदूरपश्चिमका खेलाडीहरु रहने जनाइएको छ । दुवै टिमले शो म्याचको रुपमा उद्घाटन खेल खेल्ने आयोजक पक्षका सुवाश शाहीले जानकारी दिए । चैत १९ गतेसम्म सञ्चालन हुने डीपीएल क्रिकेट प्रतियोगितामा मुलुकभरीबाट छ वटा टिमको सहभागिता भइरहेको छ ।
साढे २८ लाख रुपिया पुरस्कार रहेको उक्त प्रतियोगिताका विजेता टिमले १५ लाख र उपविजेताले सात लाख रुपिया सहित ट्रफी प्राप्त गर्ने आयोजक पक्षले जानकारी दिएको छ । त्यस्तै, म्यान अफ द सिरिजलाई मोटरसाइकल र प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपिया पुरस्कार प्रदान गर्ने जनाइएको छ । प्रतियोगिताका लागि ‘अक्सन’ बाट यसअघि नै खेलाडी छनोट गरिएको छ ।
The post चैत्र ५ गतेदेखि धनगढीमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुने appeared first on Sajha Post.