Image may be NSFW.
Clik here to view.
मुम्बई । भारत र अष्ट्रेलियाबीच फेब्रुअरी २३ देखि चार टेस्ट म्याचको सीरीज सुरु हुँदैछ । यसैबीच भारतीय कप्तान विराट कोहली पछिल्लो समय निकै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । कोहली लगातर कुनै न कुनै किर्तिमान बनाइरहेका छन् ।
अष्ट्रेलियाविरुद्ध विराट कोहली टेस्ट रेटिङको मामलामा आफ्नो मनपर्ने क्रिकेटर सचिन तेन्दुलकर र विश्व क्रिकेटका महान् ओपनर सुनील गवास्करलाई पछाडि पार्न सक्नेछन् ।
बंगलादेशविरुद्ध एक टेस्टको सीरीज सुरु हुनुअघि विराटको ८७५ टेस्ट र्याकिंङ पोइन्ट थियो । उनले हैदरावादमा दोहोरो शतक लगाएर ८९५ मा पुर्याएका छन् । यस सूची अनुसार कोहली ३३ औं स्थानमा छन् । विराट जुन प्रकारले ब्याटिङ गरिरहेका छन्, यसै अनुसार प्रदर्शन गरेमा उनले सचिनको सर्वश्रेष्ठ ८९८ पोइन्टलाई पछाडि छोड्न सक्नेछन् ।
विराट तथा भारतीय टीमले अष्ट्रेलियाविरुद्ध चार खेल खेल्नुपर्नेछ । सोही क्रममा कोहलीले चार अंक हासिल गरेमा सचिनको सबैभन्दा बढी अंक ८९८ पछि पर्नेछ । यदि विराटले ९०० अंक पार गरेमा उनी यस्तो गर्ने ३१ औं खेलाडि बन्नेछन् । यसअघि एकमात्र भारतीयले ९०० अंक पार गरेका थिए । महान् ओपनर सुनील गवास्करले ९१६ अंक बटुलेका थिए । बंगलादेशमा उनले दोहोरो शतक लगाएका कारण २० अंक बढेको थियो ।
The post कोहलीको निशानमा तेन्दुलकर, अब तोड्नेछन् यो रेकर्ड ! appeared first on Sajha Post.