मुम्बई । विराट कोहली एक ब्रान्डमा सय करोडभन्दा बढी भारतीय रुपैयामा अनुबन्ध हुने पहिलो भारतीय खेलाडी बनेका छन् । भारतीय क्रिकेट टीमका कप्तान एक लाइफस्टाइल ब्रान्डसँग आठ वर्षका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।
कोहलीले पुमा ब्रान्डसँग १०१ करोड भारुमा सम्झौता गरेका हुन् । यससँगै अब कोहली जमैकाका धावक उसेन बोल्ट र फुटबलर थीरी हेनरी र ओलिवर गिराउड तथा अन्य हस्ती मानिने खेलाडीहरुको सूचीमा सामेल भएका छन् ।
The post कोहलीले बनाए किर्तिमान, एक ब्रान्डका लागि सय करोडको डीलमा गरे हस्ताक्षर appeared first on Sajha Post.