धनगढी, ९ फागुन । सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले दोस्रो संस्करणको ‘खप्तड गोल्ड कप फुटबल प्रतियोगिता’को पुरस्कारको राशि दोब्बर पारेको छ ।
आगामी वर्ष हुने दोस्रो संस्करणको गोल्ड कप प्रतियोगिताका विजेतालाई ११ लाख ११ हजार १११ तथा उपविजेतालाई पाँच लाख ५५ हजार ५५५ पुरस्कार प्रदान गरिने सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
गत पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा सञ्चालन भएको पहिलो संस्करणको विजेता मनाङ मस्र्याङ्दीलाई पाँच लाख तथा उपविजेता सङ्कटालाई दुई लाख ५१ हजारसहितको पुरस्कार दिइएको थियो ।
पत्रकार सम्मेलनमा पहिलो संस्करणको प्रतियोगिता आयोजना गर्न भएको ७८ लाख १६ हजारको आयव्यय विवरणसमेत सार्वजनिक गरिएको थियो । रासस
The post खप्तड गोल्ड कप पुरस्कार राशि दोब्बर appeared first on Sajha Post.