Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

स्टार्कले कोहलीलाई लिएर गरे यस्तो खुलासा

$
0
0

मुम्बई । अष्ट्रेलियन तीव्र गतिका बलर मिशेल स्टार्कले भारतीय कप्तान विराट कोहलीले पुन: लय समात्नेमा चिन्ता गरेका छन् ।

यसअघि कोहलीको प्रदर्शनले भारतीय टिम चिन्तित देखिएको थियो । पुणे भएको पहिलो पारीमा कोहली खाता नै नखोली पेभेलियन फर्किएका थिए, जबकि दोस्रो पारीमा १३ मात्र जोड्न सके । जसमा भारतले मात्र ३३३ रन बनाउन सक्यो । अष्ट्रेलियाले लगभग १३ वर्षमा भारतीय भूमिमा जित दर्ता गराएको थियो ।

स्टार्कले कोहलीलाई पहिलो पारीमा नै पेभेलियन फर्काएका थिए ।

स्टार्कले भने कि उनी विश्वस्तरीय खेलाडी हुन् । हामी सबैलाई त्यो थाहा छ । यस वर्ष उनले पहिले नै धेरै रन बनाइसकेका छन् । विराटको फिर्तीमा हामीले चिन्ता गर्नुपर्ने हुन्छ । उनले थपे, ‘बाँकी खेलमा विराटको विकेट निकै नै महत्वपूर्ण हुन्छ ।’

स्टार्कका अनुसार विराटलाई ६ पटक आउट गर्नुपर्ने हुन्छ । कोहलीको विकेटलाई अष्ट्रेलियन टिमले पनि चासोका साथ हेरेको छ । विराटको विकेट आफ्ना लागि महत्वपूर्ण भएको स्टार्कले बताएका थिए ।

 

The post स्टार्कले कोहलीलाई लिएर गरे यस्तो खुलासा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles