काठमाडौँ, २५ माघ । म्यानचेस्टर सिटीका स्टार मिडफिल्डर बर्नानण्डो सिल्भाले प्रिमियर लिगमा बल्ल म्यान सिटी उपाधि होडमा अब्बल देखिएको बताएका छन् ।
उनले भनेका छन्, ‘न्युक्यासल युनाइटेडसँग पराजित भएपछि हामीलाई लागेको थियो लिभरपुलले पक्का उपाधि जित्नेछ । तर, हामीले साहस देखाउँदै सानदार कमव्याक गर्न सफल भयौँ ।’
उनले थप्दै भने, ‘हामीले कठिन रुटिङमा पनि सानदार खेल खेल्यौँ । एकपछि अर्को खेल जित्दै आज प्रिमियर लिगको पहिलो स्थानमा उक्लिन सफल भएका छौँ ।’
उनले भनेका छन्, ‘लिभरपुलले सात अंकको दुरी बनाउन हामी निकै डराएका थियौँ । अब त्यो डरबाट बाहिर आएका छौँ ।’
यस सिजन यी दुई टोली उच्च फर्ममा रहेका छन् । लिभरपुल र म्यानसिटीको ६२ अंक रहेको छ । तर, गोल भिन्नताका आधारमा म्यानसिटी पहिलो स्थानमा रहेको छ । साथै लिभरपुलले एक खेल पनि कम खेलेको छ ।
The post ‘हामीलाई लागेको थियो लिभरपुलले प्रिमियर लिग उपाधि जित्यो’ appeared first on Sajha Post.