काठमाडौं, २५ माघ । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने प्रतियोगितामा १२ वटै बी डिभिजन क्लब सहभागी हुँदैछन् ।
१२ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइँदैछ । समूह ‘ए’ मा झम्सिखेल युवा क्लब, आरसिटी, श्रीकुमारी क्लब, सातदोबाटो युथ क्लब, नयाँबस्ती युवा क्लब र ब्वाइज युनियन क्लब छन् भने समूह ‘बी’ मा टुसाल, पुल्चोक, मध्यपुर युथ एसोसिएसन, खुमलटार युवा क्लब र श्री भगवती क्लब छन् ।
लिगको विजेताले आठ लाख, उपविजेताले पाँच लाख, तेस्रो हुनेले तीन लाख र चौथो हुने टोलीले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।
The post शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि appeared first on Sajha Post.