काठमाडौँ, २७ माघ । गएराति भएको स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडलाई उसकै घरेलु मैदानमा पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ । डर्बी क्लबबीच भएको खेलमा रियल मड्रिडले एट्लेटिकोलाई ३-१ गोलले पराजित गर्न सफल भएको छ ।
रियललाई जित दिलाउन कासिमिरो, सर्जियो रामोस र ग्यारेथ बेलले एक एक गोल गरे ।
एट्लेटिकोका लागि एकमात्र गोल एन्टोनियो ग्रीजम्यानले गरे ।
खेलको १६ औं मिनेटमा कासिमिरोले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा एट्लेटिकोका लागि ग्रीजम्यानले बराबरी गोल फर्काए ।
तर, खेलको ४३ औं मिनेटमा रियलले पेनाल्टी पायो । उसका लागि रामोसले गोल गरे । खेलको ७४ औं मिनेटमा बेलले सानदार गोल गरे । यो गोलसँगै ग्यारेथ बेलले १०० गोलको रेकर्ड बनाएका छन् ।
थोमसले खेलको ८० औं मिनेटमा रातो कार्ड पाएपछि एट्लेटिको खेलमा फर्कनले आशा पनि मरेर गएको थियो ।
रियल २३ खेलबाट ४५ अंक जोड्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । एट्लेटिको ४४ अंकका साथ तेस्रो स्थानमा रहेको छ।
शिर्षस्थानमा रहेको बार्सिलोनाको ५० अंक छ ।
The post एट्लेटिको मड्रिडलाई पराजित गर्दै रियल मड्रिड दोस्रो स्थानमा उक्लियो, बार्सिलोनामाथि दबाब appeared first on Sajha Post.