Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

हडल्सफिल्ड टाउनलाई आर्सनलले हरायो

$
0
0

काठमाडौँ, २७ माघ । म्यानचेस्टर सिटीसँग लज्जास्पद हार भोगेको आर्सनल हडल्सफिल्ड टाउनलाई पराजित गर्दै बाउन्स व्याक गरेको छ ।

आर्सनलले हडर्सफिल्ड टाउनलाई २-१ गोलले पराजित गर्न सफल भएको छ ।

आर्सनलका लागि एलेक्स इओबी र एलेक्जेन्डर लाकाजेट्सले एक एक गोल गरे । आर्सनलका सिड कोलासिनाचले आत्मघाती गोल गर्दा हडल्सफिल्डले खेलमा फर्कने सम्भावना पाएको थियो ।

खेलको १६ औं मिनेटमा इओबीले गोल गर्दै आर्सनलले अग्रता दिलाएका थिए ।
खेलको ४४ औं मिनेटमा लाकाजेट्सले दोस्रो गोल गरे ।

खेलको इन्जुरी समयमा आर्सनलका कोलासिनाचले आत्मघाती गोल गरेका थिए ।

लिगको छैटौँ स्थानमा रहेको आर्सनलले २६ खेलबाट ५० अंक जोडेको छ । हडर्सफिल्ड ११ अंक जोडेर लिगको पुछारमा छ ।

The post हडल्सफिल्ड टाउनलाई आर्सनलले हरायो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles