काठमाडौँ, २८ माघ । गएराति भएको प्रिमियर लिगमा टोटनहमले लेइसेस्टर सिटीलाई ३-१ गोलले पराजित गरेको छ । प्रिमियर लिग उपाधि होडमा रहेको टोटनहमले लेइसेस्टर सिटीमाथि सहज जित हात पारेको हो ।
टोटनहमको जितमा डेबिडसन सान्चेज, क्रिस्टियन इरिकसन, सनले गोल गरेका थिए । लेइसेस्टर सिटीका लागि जेम्मी भर्डीले गोल गरे ।
खेलको ३३ औ मिनेटमा सान्चेजले गोल गर्दै टोटनहमलाई अग्रता दिलाएका थिए ।
खेलको दोस्रो हाफमा क्रिस्टियन इरिकसनले गोल गर्दै दुई गोलको अग्रता दिलाएका थिए ।
तर, खेलको ७६ औँ मिनेटमा जेम्मी भर्डीले गोल गरेका थिए ।
तर, खेलको अन्तिम मिनेटमा सनले गोल गर्दै टोटनहमको जित सुनिश्चित गरेको थियो । यो जितसँगै टोटनहमको २६ खेलमा ६० अंक भएको छ । ३२ अंकका साथ लेइसेस्टर लिगको १२ औँ स्थानमा रहेको छ ।
The post उपाधि होडमा टोटनहम, लेइसेस्टर सिटी पराजित appeared first on Sajha Post.