Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

चेल्सीविरुद्ध म्यानचेस्टर सिटीले आधा दर्जन गोल हानेपछि…

$
0
0

काठमाडौँ, २८ माघ । म्यानचेस्टर सिटीविरुद्धको खेलमा चेल्सीले लज्जास्पद हार भोगेको छ ।

प्रिमियर लिग उपाधि होडमा रहेको म्यान सिटीले आफ्नो घरेलु मैदानमा चेल्सीलाई ६-० गोलले पराजित गरेको छ ।

म्यान सिटीको जितमा सर्जियो अगुइरोले ह्याट्रिक गरे । रहिम स्टलिंगले दुई गोल गरे भने गुडगोनले एक गोल गरे ।

यस सिजन उच्च फर्ममा रहेको म्यान सिटीका लागि खेलको चौथो मिनेटमा नै रहिम स्टर्लिंगले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको १३ औ र १९ औ मिनेटमा सर्जियो अगुइरोले गोल गरे ।

तीन गोलको अग्रता बनाएको म्यान सिटीका लागि खेलको २४ औँ मिनेटमा गुड्गोनले चौथौँ गोल गरे । खेलको ५६ औ मिनेटमा अगुइरोले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको ८० औँ मिनेटमा रहिमले गोल गरे ।

यो जितसँगै म्यान सिटी शिर्ष स्थानमा उक्लेको छ । म्यान सिटीले २७ खेलमा ६५ अंक जोडेको छ । गोलभिन्नताका आधारमा लिभरपुल दोस्रो स्थानमा रहेको छ । चेल्सी ५० अंकका साथ छैटौँ स्थानमा रहेको छ ।

The post चेल्सीविरुद्ध म्यानचेस्टर सिटीले आधा दर्जन गोल हानेपछि… appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles