काठमाडौँ, २ फागुन । म्यानचेस्टर युनाइटेडविरुद्ध सानदार खेल प्रदर्शन गरेपछि नेयमारको पिएसजीमा रहेको भुमिकामाथि चर्चा चल्न थालेको छ ।
धेरैलााई लागेको थियो नेयमारबिना पिएसजीले म्यानुमाथि जित हासिल गर्न कठिन रहेको छ ।
तर, एमबाप्पेको भरमा म्यानुको घरेलु मैदानमा भएको खेलमा पिएसजीले सहज जित पार्यो ।
विश्वकै सबैभन्दा महँगा खेलाडी नहुँदा पनि पिएसजीले बलियो खेल प्रदर्शन गरेपछि अब पिएसजी नेयमारको नभइ एमबाप्पेको भएको समिक्षकहरुले बताएका छन् ।
काइलियन एमबाप्पेको चर्चाको सामु विस्तारै नेयमारको भुमिका समेत ओझेलमा पर्न थालेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीमा अबको मुख्य भुमिका एमबाप्पेको हुनेछ । नेयमारले हुनु नहुनुले केही फरक नपार्ने देखिएको छ ।
The post नेयमारको पिएसजी होइन, अब एमबाप्पेको appeared first on Sajha Post.