काठमाडौँ, ५ फागुन । एफए कपमा म्यानचेस्टर सिटीले न्युपोर्ट काउन्टीलाई ४-१ गोलले पराजित गरेको छ ।
यस सिजन उच्च फर्ममा रहेको म्यानसिटीको यो अर्को सानदार जित हो । म्यान सिटीको जितमा फिल फोडेनले दुई गोल गरे भने रियाद महरेज र लिओरो सानले एकएक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो तर, दोस्रो हाफमा सिटीले चार गोल हानेको थियो ।
खेलको ५२ औ मिनेटमा सानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । खेलको ७५ औँ मिनेटमा फोडेनले दोस्रो गोल गरे । तर, खेलको ८८ औ मिनेटमा काउन्टीका लागि एमोण्डले एक गोल फर्काए ।
तर, खेलको अन्तिम समयमा सिटीका लागि फोडेन र महरेजले एकएक गोल गरेका थिए । यो जितसँगै सिटी एफएकपको अर्को चरणमा प्रवेश गरेको छ ।
The post एफए कपः म्यानचेस्टर सिटीको अर्को सहज जित appeared first on Sajha Post.