काठमाडौँ, ७ फागुन । च्याम्पियन्स लिगमा लिभरपुलले जर्मन क्लब वार्यन म्युनिखसँग आमनेसामने गर्दैछ ।
अन्तिम १६ को खेलमा बार्यनले लिभरपुलको घरेलु मैदानमा भिड्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलविरुद्ध वार्यनको कठिन यात्रा हुने बताइएको छ ।
बार्यन र लिभरपुलबीच हालसम्म ७ पटक युरोपियन प्रतिस्पर्धामा एकपटकमात्र खेल जित्न सफल भएको छ । लिभरपुलको घरेलु मैदानमा पछिल्ला तीन खेलमा बार्यनले एक गोल पनि गर्न सकेको छैन ।
युरोपियन प्रतिस्पर्धामा लिभरपुल आफ्नो घरेलु मैदानमा १९ खेलमा अपराजित रहेको छ । लिभरपुलले १४ खेलमा जित र ५ खेल बराबरी खेलेको छ । सन् २०१४ मा लिभरपुल आफ्नै घरेलु मैदानमा रियल मड्रिडसँग ३-० गोलले पराजित भएको थियो ।
गएको सिजन फाइनलसम्मको यात्रा तय गरेको लिभरपुल यस सिजन पनि उच्च फर्ममा रहेको छ ।
यस सिजन उपाधि जित्ने दाउमा रहेको लिभरपुलले आफ्नो घरेलु मैदानमा बार्यनलाई पराजित गर्ने अपेक्षा लिइएको छ ।
बार्यन र लिभरपुल दुवै घरेलु लिगको दोस्रो स्थानमा रहेका छन् । यस सिजन लिभरपुलका स्टार खेलाडीरु माने, सलाह, फिर्मिन्हो, भ्यान डायक खेलाडीहरु लयमा रहेका छन् ।
The post च्याम्पियन्स लिग म्याच प्रिभ्युः एनफिल्डमा बार्यन म्युनिखलाई पराजित गर्ने दाउमा लिभरपुल appeared first on Sajha Post.