काठमाडौँ, ७ फागुन । बुण्डेसा लिगमा लिगलिडर बोरुसिया डोर्टमण्डलाई नर्नबर्गले गोलरहित बराबरीमा रोकेको छ ।
यस सिजन उच्च फर्ममा रहेको बोरुसियालाई नर्नबर्गले आफ्नो घरेलु मैदानमा बराबरीमा रोक्न सफल भएको हो ।
बोरुसियाले केही राम्रा अवसरहरु सिर्जना गरेतापनि गोल भने गर्न सकेन । नर्नबर्गले उत्कृष्ट डिफेन्सिभ खेल खेलेको थियो ।
यो बराबरीसँगै बोरुसियाको २२ खेलमा ५१ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको बार्यन म्युनिखको ४८ अंक रहेको छ । यो बराबरीले बोरुसियालाई झट्का लागेको छ ।
अंकदुरी कम भएसँगै बार्यन पुन उपाधि दौडमा देखिएको छ । नर्नबर्ग १३ अंकका साथ लिगको अन्तिम स्थानमा रहेको छ ।
The post बोरुसिया डोर्टमण्ड बराबरीमा रोकिदाँ बार्यनसँगको अंकदुरी घट्यो appeared first on Sajha Post.