काठमाडौँ, ७ फागुन । स्टार खेलाडी मार्सेलोले रियल मड्रिड क्लब छोड्ने मनस्थिति बनाएका छन् ।
मिडिया रिपोर्टमा अनुसार उनको भुमिकालाई लिएर क्लबमा व्यापक आलोचना भएपछि उनले क्लब छोड्ने निर्णय गरेको हुन् । उनले सोमबार क्लब डाइरेक्टरसँग भेट गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
घाइते भएपछि केही महिना उनी मैदान बाहिर रहेका थिए ।
उनको फर्मलाई लिएर चौतर्फी आलोचना हुन थालेपछि उनले क्लब छोड्ने निर्णय लिएका हुन् ।
मिडिया रिपोर्टका अनुसार उनी युभेन्ट्स जाने तयारीमा रहेको बताइएको छ । क्रिस्टियानो रोनाल्डोसँग पुनः मिलन हुने उनले मनस्थिति बनाएको बताइएको छ ।
The post ‘म चाहिँदैन भने क्लब छोड्न तयार छु’ appeared first on Sajha Post.