काठमाडौँ, ७ फागुन । गएराति भएको एफए कपकको खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई २-० गोलले पराजित गरेको छ ।
एकपछि अर्को खराब खेल प्रदर्शन गरेको चेल्सीलाई अर्को झट्का लागेको हो । यो हारसँगै चेल्सी एफए कपबाट पनि बाहिरिएको छ ।
काराबाओ कपको फाइनलमा पुगेको चेल्सी एफए कपको फाइनलमा पनि पुग्ने दाउमा थियो ।
तर, म्यानुको सामु चेल्सी कमजोर देखियो ।
म्यानुका लागि खेलको ३१ औ मिनेटमा एण्डर हेरेराले गोल गर्दै अग्रता दिलाए ।
खेलको ४५ औ मिनेटमा पोउल पोग्वाले गोल गरे । दोस्रो हाफमा चेल्सी खेलमा फर्कन सकेन भने म्यानुले थप गोल गर्न सकेन ।
यो हारसँगै चेल्सीका प्रशिक्षक सारी बर्खास्त हुने सम्भावना पनि अधिक रहेको बताइएको छ ।
The post एफए कपः म्यानचेस्टर युनाइटेडसँग पनि पराजित भयो चेल्सी appeared first on Sajha Post.