काठमाडौँ, ८ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा बार्सिलोनालाई लियोनले गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
अन्तिम १६ को पहिलो खेलमा बार्सिलोनाले लियोनलको घरेलु मैदानमा जित हात पार्न असफल भएको हो ।
लियोनले बार्सिलोनाविरुद्ध सानदार खेल खेलेको थियो तर, गोल भने गर्न सकेन ।
बार्सिलोनाको डिफेन्समा कमजोरी देखियो तर, धन्न गोल खान जोगियो ।
दुवै टोलीले सुन्दर अवसरहरु सिर्जना गरेका थिए तर, गोल गर्न चुके । बार्सिलोनाको घरेलु मैदानमा लियोनले कस्तो रणनीति लिएर उत्रिने हो त्यो भने रोचक बन्ने भएको छ ।
The post च्याम्पियन्स लिगः लियोनको मैदानमा बार्सिलोनाले गोल गर्न सकेन appeared first on Sajha Post.