Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

च्याम्पियन्स लिग म्याच प्रिभ्युः युभेन्ट्सका रोनाल्डो एट्लेटिकोका लागि चुनौती

$
0
0

काठमाडौँ, ८ फागुन । आज राति च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिड र युभेन्ट्सबीच खेल हुँदैछ । यस सिजन उच्च फर्ममा रहेको युभेन्ट्सका लागि सबैभन्दा बलियो पक्ष भनेको क्रिस्टियानो रोनाल्डो हुन् ।

एट्लेटिको घरेलु मैदानमा हुने खेलमा युभेन्ट्सले जित हात पार्ने विश्लेषकहरु बताउँछन् । पछिल्लो समय एट्लेटिकोको खेल खस्किएको छ ।

रियल मड्रिडसँग आफ्नै घरेलु मैदानमा पराजित भएको एट्लेटिको युभेन्ट्स जस्तो बलियो टोलीलाई रोक्न कठिन हुने विश्लेषकहरुले बताएका छन् । तर, प्रशिक्षक डियोगो साइमन यस सिजन एट्लेटिकोलाई उपाधि जिताएरै छोड्ने सुरमा रहेका छन् ।

बार्सिलोनालाई लिगमा च्यालेन्ज दिइ राखेको एट्लेटिको च्याम्पियन्स लिगमा सुधारिएको खेल प्रदर्शन गर्न चाहन्छ । दुईपटकसम्म फाइनलमा पराजित भएको एट्लेटिको यस सिजन उपाधि जित्ने दाउमा रहेको छ ।

त्यस्तै रोनाल्डो बाधक बनेको युभेन्ट्स पनि यस सिजन उच्च फर्ममा रहेको छ । रोनाल्डो नै युभेन्ट्समा भएपछि अन्य क्लबलाई रोक्न कठिन हुनसक्ने अनुमान गरिएको छ ।

The post च्याम्पियन्स लिग म्याच प्रिभ्युः युभेन्ट्सका रोनाल्डो एट्लेटिकोका लागि चुनौती appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles