काठमाडौँ, ९ फागुन । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एट्लेटिको मड्रिड फ्यानलाई कडा जबाफ दिएका छन् ।
एट्लेटिकोसँग च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो खेलमा २-० गोलले पराजित भएपछि रोनाल्डोलाई फ्यानहरुले जिस्काउने काम गरेका थिए ।
उनी पनि के कम हातले सांकेतिक रुपमा जबाफ फर्काइदिए । उनले आफुले पाँचवटा च्याम्पियन्स लिग जितेको र एट्लेटिकोले एउटा पनि नजितेको जबाफ फर्काइदिए । यस सिजन युभेन्ट्स उच्च फर्ममा रहेको छ ।
तर, एट्लेटिकोसँग पराजित भएपछि अब घरेलु मैदानमा कस्तो खेल प्रदर्शन गर्ने हो भन्ने चासो उब्जिएको छ । कतै च्याम्पियन्स लिगबाट बाहिरिने त होइन भन्ने अनुमान पनि गर्न थालिएको छ ।
The post रोनाल्डोलाई एट्लेटिको मड्रिडका फ्यानहरुले जिस्काएपछि… appeared first on Sajha Post.