काठमाडौं, ९ फागुन । बैंककमा जारी आइसीसी महिला टी–२० र एकदिवसीय विश्वकपको एशिया क्षेत्रीय छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ।
सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय गरी दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्न बिहीबारको खेल दुवै टोलीका लागि निर्णायक जस्तै थियो।
थाइल्याण्डले दिएको १२५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६७ रनमा समेटियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।
The post नेपाल घरेलु टोली थाइल्याण्डसँग ५७ रनले पराजित appeared first on Sajha Post.