Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

१५ वर्षपछि रोनाल्डो र मेसी एकसाथ क्वाटर फाइनलमा नपुग्ने खतरा !

$
0
0


एजेन्सी, ११ फागुन । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसी १५ वर्षपछि एकसाथ च्याम्पियन्स लिगको क्वाटर फाइनलमा खेल गुमाउने सम्भावना बढेको छ । यसभन्दा अगाडि २००४-०५ मा रोनाल्डो र मेसीको टिम क्वार्टर फाइनलमा पुग्न असफल भएका थिए । त्यतिबेला रोनाल्डो म्यानचेस्टर युनाइटेडका लागि खेल्दथे । जबकि मेसी अहिलेकै टिम बार्सिलोनाको सदस्य थिए । त्यतिबेला लिग खेलमा एसी मिलानले म्यानचेस्टरलाई पराजित गरेर खेलबाट बाहिर निकालेको थियो । त्यस्तै चेल्सीको कारण बार्सिलोना पनि क्वाटर फाइनलबाट बाहिरिएको थियो ।

यसपटक च्याम्पियन्स लिगको राउण्ड अफ १६ को पहिला लिगमा रोनाल्डोको टिम युभेन्टस्लाई एटलेटिको मड्रिडले आफ्नो घरेलु मैदानमा २-० ले हराइदियो । त्यस्तै, बार्सिलोनाले लियोनसँग ०-० को बराबरी खेल्यो । अब दुवै टिमसँग क्वाटर फाइलनमा पुग्नका लागि केवल एक मौका बचेको छ । दोस्रो लिगमा युभेन्टसले एटलेटिकोसँग १२ मार्चमा र बार्सिलोनाले लियोनविरुद्ध १२ मार्चमा भिड्दैछ ।

क्वाटर फाइलनमा पुग्नको लागि युभेन्टसले उक्त खेलमा एटलेटिकोलाई कम्तिमा ३ गोलको अन्तरले हराउनुपर्ने हुन्छ । त्यस्तै, बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नाऊमा लियोनविरुद्ध खेल्नुपर्नेछ । क्वाटर फाइलनमा पुग्न बार्सिलोनाले उक्त खेल जसरी पनि जित्नुपर्ने हुन्छ । यदि उक्त खेल १-१ को बराबरीमा खेले पनि लियोन अन्तिम ८ मा पुग्नेछ ।

२० फेब्रुअरीमा भएको प्रि-क्वाटर फाइनलको पहिलो लिगमा एटलेटिको मड्रिडले युभेन्टसलाई २-० ले हराएको थियो । हारपछि रोनाल्डो सञ्चार माध्यममा हडबडाउँदै प्रस्तुत भएका थिए । रोनाल्डो यही सिजनमा मड्रिड छाडेर युभेन्टससँग जोडिएका थिए । उनले मिडियामा भने, ‘मसँग त ५ च्याम्पियन्स लिगको रेकर्ड छ । तर एटलिटो मड्रिडसँग एउटा पनि छैन ।’

उता, १९ फेब्रुअरीमा खेलिएको प्रि-क्वाटरफाइनलको पहिलो लिगमा फंरान्सको क्लब लियोनले बार्सिलोनालाई ०-० को बराबरीमा रोक्यो । यससँगै दुवै टिम यो सिजनमा अपराजित रहे । अंक तालिकाअनुसार अगाडि बढ्न लियोनभन्दा बार्सिलोनालाई मुस्किल छ ।

The post १५ वर्षपछि रोनाल्डो र मेसी एकसाथ क्वाटर फाइनलमा नपुग्ने खतरा ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles