Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

रारा गोल्डकपः क्वाटरफाइनलमा मनाङ र एपीएफबीच प्रतिस्पर्धा

$
0
0


पोखरा, ११ फागुन । पोखरामा जारी १७ औं संस्करणको रारा गोल्डकप फुटबलको क्वाटरफाइनल खेलमा आज लिग विजेता मनाङ मर्स्याङ्दी क्लब र विभागीय क्लब एपीएफबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा हुने प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलको यात्रा तय गर्न चाहन्छ । प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट पाँच विधागततर्फका खेलाडीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । सवार्धिक गोलकर्ताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

The post रारा गोल्डकपः क्वाटरफाइनलमा मनाङ र एपीएफबीच प्रतिस्पर्धा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles