Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

धनगढी प्रिमियर लिगः उपाधिका लागि अत्तरिया र महेन्द्रनगर भिड्दै

$
0
0


काठमाडौं, ११ फागुन । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल आज हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने फाइनलमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्नेछन् ।

यी दुई टोलीबीचको खेल अपरान्ह साढे १२ बजेबाट सुरु हुनेछ । शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दिपेन्द्र सिंह ऐरीको अत्तरिया उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । पहिलो पटक डीपीएलको फाइनल पुगेको दुवै टोली पहिलो पटक उपाधि जित्ने लक्ष्यमा हुनेछन् ।

महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर पहिलो पटक फाइनलमा पुगेको हो भने काठमाडौंलाई नै पराजित गर्दै अत्तरिया पनि फाइनल पुगेको हो । संस्करणको विजेताले ट्रफि सहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

The post धनगढी प्रिमियर लिगः उपाधिका लागि अत्तरिया र महेन्द्रनगर भिड्दै appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles