Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

पिपिएलमा सन्दीपलाई पहिलो खेलमै तीन विकेट

$
0
0

काठमाडौँ, १० फागुन । नेपाली युवा बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिपिएल) को पहिलो खेलमै तीन विकेट लिएका छन् ।

लाहोर कलन्दर्स क्लबबाट खेलिरहेका उनले आज भएको पहिलो खेलमा मुलतान सुल्तान्स क्लबविरुद्ध तीन विकेट लिन सफल भएका हुन् । पहिलो ओभरमा १८ रन खर्चिए पनि त्यसपछिका ओधरमा उनले लगातार विकेट लिन सफल भए । त्यसपछि दोस्रो ओभरमा उनले सात रन दिएर एक विकेट लिए । जसमा जेम्स भिन्सलाई पेभेलियन फर्काएका थिए । त्यसपछि व्यक्तिगत तेस्रो ओभरमा उनले सोयव मलिकको विकेट लिन सफल भए । तर उनले सो ओभरमा १५ रन खर्चिएका थिए ।

यसका साथै सन्दीपको सो ओभरमा एउटा क्याच ड्रप भएको थियो । सन्दीपले व्यक्तिगत चौथो ओभरमा अर्को विकेट लिए । आफ्नो अन्तिम ओभरको पहिलो बलमा छक्का खाएका उनले दोस्रो बल डट गरे । त्यसपछि तेस्रो बलमा उनले आन्द्रे रसेललाई क्यान आउट गरे । उनले चार ओभरमा ४६ रन खर्चिएर तीन विकेट लिए । आन्द्रे रसेल वेस्टइन्डिजका विश्वचर्चित खेलाडी हुन् भने सोएब मलिक पाकिस्तानका चर्चित खेलाडी हुन् ।

थ्री स्टार उपविजेतामा सीमित

थ्री स्टार क्लब भुटानमा जारी ‘जिग्मे दोर्जी बाङ्चुक स्मृति गोल्डकप’ फुटबल प्रतियोगिताको उपविजेतामा सीमित बनेको छ । आज भएको फाइनलमा भुटानको पारो फुटबल क्लबसँग १–० गोलले पराजित हुँदै थ्रीस्टार उपविजेतामै सीमित बनेको हो । पारोको जितमा एकमात्रै निर्णायक गोल चेन्चोले खेलको ७३ मिनेटमा गरेका थिए ।

खेलभरि उत्कृष्ट प्रदर्शन गरेका नेपाली यू–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानमा पहिलो उपाधि उचाल्न सफल भए । उनी भुटान पारो क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । यस्तै पारो एफसीले सेमिफाइनल र फाइनलमा दुवै नेपाली टिमलाई पराजित गरेको थियो । सेमिफाइनलमा पारोले विभागीय टोली त्रिभुवन आर्मीलाई पराजित गरेको थियो । प्रतियोगितामा नेपाल दुईसहित १२ क्लबको सहभागिता थियो ।

ह्यान्डबल टोली छनोट

आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ को पुरुष ह्यान्डबल टोली चयन भएको छ । आज भएको छनोटमा सबैभन्दा बढी आठ खेलाडी सिरहाबाट छनोट भएका छन् । महोत्तरीबाट पाँच तथा धनुषाबाट एक खेलाडी परेका छन् ।

सिरहाबाट वमभोल चौधरी, रविन सिंह, परमानन्द सिंह, रोशन चौधरी, राहुल चौधरी, धीरेन चौधरी, सन्तोष चौधरी र देवकान्त चौधरी, महोत्तरीबाट अर्जुन चौधरी, रुजन चौधरी, चन्द्रबिन्दु चौधरी, कमलेशकुमार यादव र सुरजनारायण महतो तथा धनुषाका पवन श्रेष्ठ छन् ।

उसु खेलाडी छनोट

त्यसैगरी उसुको सान्सौँतर्फ छ पुरुष र एक महिला खेलाडी छनोट भएका छन् । रौतहटका जयनारायण साह कानू ५२ किलो ग्राममा, ५६ किलो ग्राममा सप्तरीका विक्रम शाह, ६० किलो ग्राममा सर्लाहीका चन्दन सिंह, ६५ किलो ग्राममा रौतहटका अभिषेककुमार यादव, ७० किलो ग्राममा सर्लाहीका विक्रम जिम्बा र ७५ किलो ग्राममा सप्तरीका हरिशकुमार साह रहेका छन् । महिला ५२ किलो ग्राम सप्तरीकी हेमकला राई छिन् । रासस

The post पिपिएलमा सन्दीपलाई पहिलो खेलमै तीन विकेट appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles