काठमाडौं, १२ फागुन । नेपालले आईसीसी वुमन्स टी–२० विश्वकपको एसिया छनोटमा हङकङमाथि ४ विकेटको सहज विजय निकालेको छ । नेपालको बलर नेरी थापाको घातक बलिङसँगै नेपालको जित सहज बनेको हो ।
टक जितेर ब्याटिङ रोजेको हङकङले दिएको ६३ रनको लक्ष्य पछ्याएको नेपालको खराब सुरुवात गरेको थियो । ७ रन जोड्दा काजल श्रेष्ठ र सीता राना आउट भइसकेका थिए । काजलले ५ रन जोडिन् भने सीता खाता पनि नखोली प्याभेलियन फर्किइन् ।
लगत्तै मैदानमा उत्रिएका इन्दु बर्मा र रुविना क्षेत्री पनि चलेनन् । तर, पाँचौं विकेटका लागि अप्सरी बेगमले सरिता मगरसँग ३२ रनको साझेदारी गरे । बेगम २४ रनमा आउट भइन् भने सरिता मगर १६ रनमा अविजित रहिन् ।
हङकङले निर्धारित २० ओभरमा ६२ रन बनाएको थियो । नेपालकी बलर नेरीले घातक बलिङ गर्दै ४ ओभर खेल्दा केवल ८ रन दिएर ६ विकेट लिइन् ।
The post नेरी चम्किँदा हङकङमाथि नेपालको सहज जित appeared first on Sajha Post.