काठमाडौँ, १२ फागुन । आज लिग कपको फाइनल । फाइनल खेलमा चेल्सी र म्यानचेस्टर सिटीबीच आमने सामने हुँदैछ । केही हप्ता अगाडि भएको खेलमा सिटीले चेल्सीलाई ६-० गोलले पराजित गरेको थियो ।
उक्त खेलको बदला लिन पनि चेल्सी आतुर रहेको छ । एकपछि अर्को खेलमा जित हात पार्दै गरेको सिटी उच्च फर्ममा रहेको छ । चेल्सीका खेलाडीहरुबीच भने तालमेल बिग्रिएको समिक्षकहरु बताउँछन् ।
यस सिजन सिटी उपाधिहरु जित्ने दाउमा रहेको छ । प्रिमियर लिगमा पनि सिटी शिर्ष स्थानमा रहेको छ । ६५ अंकका साथ सिटी शिर्ष स्थानमा रहँदा चेल्सी ५० अंकका साथ लिगको छैँटौ स्थानमा रहेको छ ।
काराबाओ कप उपाधि जित्न सकेमा पनि चेल्सीलाई राहत हुने र खेलाडीहरुलाई उत्प्रेरणा मिल्ने समिक्षकहरु बताउँछन् ।
आज राति हुने खेलमा म्यानसिटीका स्टार खेलाडीहरुलाई रोक्न कठिन भएतापनि चेल्सीले उपाधि जितेको अनुभव रहेका कारण उपाधि जित्ने अनुमान केही समिक्षकहरुको रहेको छ ।
The post लिग कप फाइनलः म्यानचेस्टर सिटीसँग बदला लिने रणनीतिमा चेल्सी appeared first on Sajha Post.