काठमाडौँ, १२ फागुन । प्रिमियर लिगमा आज विशेष खेल हुँदैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुल एक खेलमात्र पराजित भएको छ ।
त्यस्तै मध्य सिजनबाट सिजन व्याक टु व्याक फर्म देखिएको म्यानचेस्टर युनाइटेड पछिल्ला खेलहरुमा अपराजित रहेको छ ।
यस सिजन लिभरपुल उपाधि जित्ने होडमा रहेको छ । लिभरपुलका स्टार खेलाडीहरु माने, सलाह, फिर्मिन्हो उच्च लयमा रहेका छन् ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलमा म्यानुलाई ३-१ गोलले पराजित गरेको थियो ।
यस खेलमा लिभरपुलले जित हासिल गर्न सकेमा लिभरपुलले तीन अंकको अग्रता बनाउने अपेक्षा लिइएको छ । ठुलो दबाबकाबीच लिभरपुलले म्यानुसँग आमनेसामने गर्ने प्रशिक्षक उर्गेन क्लपले बताएका छन् ।
च्याम्पियन्स लिगमा पराजित भएको म्यानु प्रिमियर लिगमा पराजित हुने अवस्था पनि रहेको उनले बताए । आफ्नो रणनीतिमा प्रष्ट रहेको र यो खेललेमात्र प्रिमियर लिगको प्रतिस्पर्धा निर्णय नगर्ने उनले बताए ।
पोउल पोग्वा, एन्थोनी मार्सल जस्ता खेलाडीहरु उच्च फर्ममा रहेका छन् ।
प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुललाई खेल जित्नै पर्ने दबाब भएका कारण कुनै पनि गल्ती नगर्ने रणनीतिमा लिभरपुल रहेको बताइएको छ ।
The post म्याच प्रिभ्युः म्यानचेस्टर युनाइटेडलाई उसकै घरेलु मैदानमा पराजित गर्ने दाउमा लिभरपुल appeared first on Sajha Post.