काठमाडौँ, १२ फागुन । गएराति भएको फ्रेन्च लिग वानमा पिएसजीले निम्सलाई ३-० गोलले पराजित गरेको छ ।
यस सिजन उच्च फर्ममा रहेका काइलियन एमबाप्पले पिएसजीलाई सहज जित दिलाउन प्रमुख भुमिका खेले ।
उनले दुई गोल गरे भने क्रिस्टिफोरले एक गोल गरे ।
खेलको ४० औँ मिनेटमा क्रिस्टिोफरले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।
दोस्रो हाफमा चम्किए एमबाप्पे । नेयमार र काभानी नहुँदा पनि पिएसजीका जिम्मेवारी उनले धानिरहेका छन् ।
उनले खेलको ६९ औ र ८९ औ मिनेटमा गोल गरे ।
यो जितसँगै पिएसजीले २५ खेलमा ६८ अंक जोड्न सफल भएको छ । निम्स ३६ अंकका साथ खेलको ११ औँ स्थानमा रहेको छ ।
The post नेयमार भुलाउने खेल एमबाप्पले देखाए, पिएसजीको अर्को सानदार जित appeared first on Sajha Post.