Image may be NSFW.
Clik here to view.
काठमाडौं, १३ फागुन । तिलोत्तमा गोल्डकप फुटबलको २१ औँ संस्करणको उपाधि लागि विभागीय नेपाल पुलिस क्लब र क्यामरुनको दाउफिन्सबीच प्रतिस्पर्धा हुँदैछ । रुपन्देहीको एन्फा एकेडेमीमा हुने आजको फाईनल खेल दिउँसो साँढे २ बजेबाट सुरु हुनेछ ।
नेपालमा खेलिएका चार प्रतियोगितामा दाउफिन्सले दुई उपाधि हात पारि सकेको छ । पुलिस भने मोफसलको सर्वाधिक पुरस्कार राशी खप्तड गोल्डकप हात पारेको छ । पुलिस पहिलो पटक तिलोत्तमा गोल्डकपको फाईनल पुगेको हो ।
तिलोत्तमा गोल्डकपमा वाई पाएर सिधै क्वार्टरफाईनल पुगेको पुलिसले पहिलो खेलमा ब्रदर्श युनाइटेडलाई पराजित गरेका थियो । सेमिफाइनलमा च्यासल युथ क्लबको चुनौती पन्छाएको थियो । दाउफिन्सले भने झापा र आयोजक रुपन्देहीलाई पराजित गर्दै फाईनल यात्रा गय गरेको हो ।
The post तिलोत्तमा गोल्डकपः उपाधिका लागि पुलिस र दाउफिन्स भिड्दै appeared first on Sajha Post.