Quantcast
Viewing all articles
Browse latest Browse all 7991

तिलोत्तमा गोल्डकप : दाफिन्स क्यामरुनलाई उपाधि

Image may be NSFW.
Clik here to view.

बुटवल, १३ फागुन । यहाँ सञ्चालित तिलोत्तमा गोल्डकपको २१औँ संस्करणको सोमबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबको टोलीलाई विदेशी पाहुना टिम दाफिन्स एफसी क्यामरुनले १–० को अन्तरले पराजित गर्दै उपाधि चुम्न सफल भएको छ ।

देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा पनि खेल बराबरी भयो । पुलिसका तेज तामाङको प्रहारलाई दाफिन्सका गोलरक्षकले रोकेपछि ‘सडनडेथ’मा दाफिन्सले उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा जीतसँगै विजयी टिम दाफिन्सले आठ लाख ८० हजार नगद, ट्रफी र सिल्ड हात पारेको छ भने उपविजेता पुलिस क्लबले  पाँच लाख ५० हजारमा चित्त बुझाएको छ । यस सिजनमा मात्र मनकामना र बुढासुब्बा गोल्ड कप पोल्टामा पारेर हौसिएको दाफिन्स तिलोत्तमा गोल्डकप जितेर ह्याट्रिक रहेको छ भने यसपालि खप्तड कप उचालेको पुलिस क्लबले लगातार दुई वर्ष दोस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताअन्तर्गत आजको खेलमा पुलिसका रबि पासवान बेस्ट फरवार्ड, हेम तामाङ बेस्ट मिड फिल्डर, विक्रम धिमाल बेस्ट डिफेण्डर, अनन्त थापाले उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट गोलरक्षक दाफिन्सका प्रिसो घोषित हुनुभएका तथा सबैले रु २५ हजारका दरले पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै प्रतियोगितामा रुपन्देही–११ का आशिष गुरुङ ‘क्यान अफ द टुर्नामेन्ट’ घोषित भए । उनले एक थान स्कुटर पुरस्कार प्राप्त गरेका छन् । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट लगायतका अतिथिहरुले पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

The post तिलोत्तमा गोल्डकप : दाफिन्स क्यामरुनलाई उपाधि appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles