काठमाडौँ, १४ फागुन । रियल मड्रिडका स्टार खेलाडी ग्यारेथ बेललाई बार्सिलोनाविरुद्ध उतार्ने मुडमा प्रशिक्षक सोलारी रहेका छन् ।
ला लिगामा लेभान्तेविरुद्धको खेलमा उनले गरेको अभद्र व्यवहारका कारण उनी आलोचित भएका थिए ।
पर्याप्त खेल खेल्न नपाएको रिस उनीमा रहेको बताइएको थियो ।
उनी अवसरको खोजीमा रहेका छन् । यस सिजन ७ गोल गरेतापनि उनीलाई पर्याप्त समय दिन प्रशिक्षक तयार रहेका छैनन् ।
तर, मिडिया रिपोर्टका अनुसार कोपा डेल रे कपको दोस्रो चरणको खेलमा उनलाई सुरुमा नै मैदानमा उतार्ने मुडमा प्रशिक्षक रहेका छन् ।
पहिलो लिगमा रियल र बार्सिलोनाले एकएक गोलको बराबरी खेल खेलेका थिए ।
The post बार्सिलोनाविरुद्ध ग्यारेथ बेललाई मौका दिने तयारीमा सोलारी appeared first on Sajha Post.