काठमाडौँ, १४ फागुन । यस सिजन बार्सिलोना उच्च फर्ममा रहेको छ । बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सी एकपछि अर्को खेलमा चम्किरहेका छन् । उनले यस सिजन तीनवटै उपाधि जित्न चाहेको बताएका छन् ।
उनले भनेका छन्, ‘यस सिजन तीनवटै उपाधि जित्न हामी प्रयासरत रहेका छौँ । यसका लागि कठिन यात्रा तय गर्नु आवश्यक रहेको छ ।’
ला लिगामा ७ अंकको दुरी बनाएको बार्सिलोना कोपा डेल रे मा रियल मड्रिडलाई पाखा लगाउँदै फाइनलमा पुग्ने दाउमा रहेको छ ।
च्याम्पियन्स लिगमा लियोनविरुद्ध कठिन खेल खेलेको बार्सिलोना घरेलु मैदानमा सहज जित निकाल्ने रणनीतिमा रहेको छ । मेस्सीले सिजनको सुरुवातमै भनेका थिए, ‘हामी यस सिजन च्याम्पियन्स लिग जित्न चाहन्छौँ ।’
यस सिजन ३३ गोल गरिसकेका मेस्सीले भनेका छन्, ‘हाम्रो प्रयास जारी छ, एकपछि अर्को खेल जित्न हामी तयार रहेका छौँ ।’
The post ‘तीनवटै उपाधि जित्ने रणनीतिमा बार्सिलोना’ appeared first on Sajha Post.