Quantcast
Channel: Game – Sajha Post
Viewing all articles
Browse latest Browse all 7991

‘लामो समय रोनाल्डोलाई सहयोग गरे, त्यही भएर ओझेलमा परे’

$
0
0

काठमाडौँ, १४ फागुन । रियल मड्रिडका स्टार खेलाडी हुन् करिम बेन्जेमा । पछिल्लो समय उनले रियलको जिम्मेवारी निकै राम्रोसँग पुरा गरिरहेका छन् ।

रियलमा एक दशक बिताएका बेन्जेमा कुनै समय क्रिस्टियानो रोनाल्डोको छाँयामा परेको बताइएको छ ।

रोनाल्डोले क्लब छोडेसँगै केही समय व्यापक आलोचित बनेका बेन्जेमा पछिल्लो समय भने विश्वकै उत्कृष्ट स्ट्राइकरका रुपमा परिचीत भएका छन् ।

बेन्जेमाले भनेका छन्, ‘कुनै समय रियलमा रोनाल्डोको दबदबा थियो । उनी ५० गोलभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनको सहायता मैले गरेको थियो । मैले उनको सहयोगीको रुपमा धेरै वर्ष खेल खेले । अब भने जिम्मेवारी मेरो काँधमा आएको छ ।’
यस सिजन बिस्तारै लयमा फर्किएको रियलका लागि उनले ९ गोल गरिसकेका छन् । यस सिजन आफुहरु उपाधि जित्ने रणनीतिमा रहेको समेत उनले बताए ।

The post ‘लामो समय रोनाल्डोलाई सहयोग गरे, त्यही भएर ओझेलमा परे’ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 7991

Trending Articles