मुम्बई । राँचीमा जारी भारत र अष्ट्रेलियाबीच तेस्रो टेस्ट म्याच चलिरहँदा भारतीय टिमलाई ठूलो झट्का लागेको छ ।
भारतीय टोलीका कप्तान विराट कोहलीको दाहिने काँधमा चोट लागेपछि उनी मैदानबाट बाहिर जानु परेको हो । ३९ औं ओभरको पहिलो बलमा पिटर ह्याण्डकोम्बले रविन्द्र जडेजाको फ्याँकेको बलमा एक जोडदार शट मारिएको थियो । जसको पछि लाग्दै कोहलीले डाइभ लगाएर बललाई बाउंड्री पार गर्न रोके । सोही क्रममा उनको दाहिने काँधमा गम्भीर चोट लाग्यो ।
कोहलीलाई निकै नै दुखिरहेको थियो, जसकारण उनलाई मैदानबाट बाहिर लगियो र उनको स्थानमा अभिनव मुकुन्द फिल्डिङका लागि आए । तर अब कोहली ब्याटिङका लागि मैदानमा आउँछन् या आउँदैनन्, त्यो भने बताइएको छैन ।
The post कोहली किन मैदानबाट एक्कासी बाहिर निस्किए ? appeared first on Sajha Post.