काठमाडौँ, २३ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले सानदार कमव्याक गर्दै पिएसजीलाई पाखा लगाएको छ ।
पिएसजीले पहिलो लिगमा दुई गोलको अग्रता बनाएको थियो । तर, दोस्रो खेलमा म्यानुले ३-१ गोलको नतिजा निकाल्दै अर्को चरणमा पुग्न सफल भएको हो ।
समग्र ३-३ गोलको नतिजामा अवे गोलका आधारमा म्यानु अन्तिम आठमा पुग्न सफल भएको हो । मध्य सिजनबाट अप्रत्यासित खेल खेल्दै आइरहेको म्यानुका लागि खेलको दोस्रो मिनेटमा नै रोमेलु लुकाकुले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर, खेलको ११ औ मिनेटमा जुएन बर्नाटले पिएसजीका लागि बराबरी गोल फर्काएका थिए ।
खेलको ३० औ मिनेटमा लुकाकुले दोस्रो गोल गरे ।
खेलको अन्तिम मिनेटमा म्यानुले पेनाल्टी पाएको थियो जसलाई मार्कस रासफोर्डले सदुपयोग गर्दै गोल गरे ।
यो जितसँगै म्यानुले अर्को महत्वपुर्ण खेल जितेको छ भने पिएसजीलाई ठुलै झट्का लागेको छ ।
The post म्यानचेस्टर युनाइटेडको सानदार कमव्याक, पिएसजी च्याम्पियन्स लिगबाट आउट appeared first on Sajha Post.