काठमाडौँ, २३ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा रोमाविरुद्ध सानदार कमव्याक गरेको एएफसी पोर्तो पनि अन्तिम आठमा प्रवेश गरेको छ ।
पहिलो लिगमा रोमाले २-१ गोलको अग्रता बनाएको थियो । तर, दोस्रो लिगमा पोर्तोले ३-१ गोलको नतिजा निकाल्दै अर्को चरणमा प्रवेश गरेको छ ।
खेलको १८ औ मिनेटमा टिकुइन्होले गोल गर्दै पोर्तोलाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औ मिनेटमा ड्यानियल डि रोसीले बराबरी गोल फर्काए ।
खेलको ५२ औँ मिनेटमा मोउसा मरेगाले पोर्तोकालागि गोल गरे ।
तीनतीन गोलको बराबरीमा निर्धारित ९० मिनेटको खेल सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको ११७ औ मिनेटमा एलेक्सले गोल गरेपछि पोर्तोले रोमालाई पाखा लगाएको हो ।
The post च्याम्पियन्स लिगबाट रोमा पनि आउट appeared first on Sajha Post.