काठमाडौँ, २३ फागुन । गएराति भएको च्याम्पियन्स लिगमा पिएसजी बाहिरिएपछि नेयमारले रेफ्रीहरुमाथि आक्रोश पोखेका छन् ।
अन्तिम मिनेटमा पिएसजीका खेलाडीले ह्याण्ड गरेको भन्दै रेफ्रीले म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी दिएका थिए । मार्कस रासफोर्डले पेनाल्टीलाई गोलमा परिणत गरेका थिए ।
समग्रमा ३-३ गोलमा खेल सकिएपछि म्यानु अवे गोलका आधारमा अर्को चरणमा पुग्न सफल भएको थियो ।
नेयमारले भनेका छन्, ‘युइएफएले चार जना भार हेर्ने मान्छेहरु रोज्छ जसलाई हेर्न केही आउँदैन ।’ उनले अश्लिल शब्द प्रयोग गर्दै रेफ्रीविरुद्ध खनिएका थिए ।
उनले भनेका छन्, ‘कसैले गरेको प्रहार रोक्दा पछाडिबाट लाग्छ भने त्यो खेलाडीले आफुलाई कसरी जोगाओस्, त्यो बल कसरी ह्याण्डबल भयो ?’
यस सिजन पनि पिएसजीले च्याम्पियन्स लिग जित्ने सपना अधुरै भएको छ ।
नेयमार घाइते भएपनि पिएसजीले राम्रै खेल प्रदर्शन गर्दै आइरहेको थियो । तर, च्याम्पियन्स लिगमा पिएसजी आउट भएपछि चौतर्फी आलोचना हुन थालेको छ ।
The post च्याम्पियन्स लिगबाट पिएसजी आउट भएपछि नेयमारले के भने appeared first on Sajha Post.