काठमाडौँ, २४ फागुन । रियल मड्रिडले प्रशिक्षक सोलारी हटाएर जोसे मोरिन्होलाई नियुक्त गर्ने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
जुलियन लोपेतेगुईलाई बर्खास्त गरेपछि रियललाई उनलाई नियुक्त गरेको थियो ।
तर, उनको कार्यकाल पनि राम्रो नदखिएपछि उनलाई हटाएर मोरिन्हो नियुक्त गर्न लागिएको बताइएको छ ।
अबको केही दिनमा नै मोरिन्हो रियलको प्रशिक्षक बन्ने मिडिया रिपोर्टमा उल्लेख छ ।
एल क्लासिकोमा बार्सिलोनासँग लगातार पराजित भएपछि सोलारीले आफ्नो मौका गुमाएको बताइएको छ ।
The post रियल मड्रिड सोलारीलाई बर्खास्त गर्ने तयारीमा, मोरिन्हो नियुक्त गर्ने लगभग पक्का appeared first on Sajha Post.