लन्डन (एजेन्सी), २५ फागुन । जारी प्रिमियर लिगको उत्कृष्ट खेलाडी र प्रशिक्षकको उपाधि म्यानचेस्टर सिटीको पोल्टामा परेको छ । सिटीका सर्जियो अगुएरो फेब्रुअरीका लागि प्रिमियर लिगको उत्कृष्ट खेलाडी र सोही क्लबका पेप ग्वार्डिओला उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन् ।
अगुएरोले ४ खेलमा दुई ह्याट्रिकसहित ७ गोल गरेका थिए । सिटीले गत महिना सबै ४ खेल जित्न सफल भएको थियो । जितसँगै सिटी लिगको शीर्षस्थानमा पुनरागमन सफल भएको थियो ।
त्यसैगरी, ग्वार्डिओलाको टोलीले प्रिमियर लिगका अंकतालिकाको शीर्ष १० भित्र रहेका ४ टोलीलाई हराएर क्लबको पुनरागमन सम्भव बनाएको हो ।
महत्वपूर्ण अन्य जितहरुसँगै चेल्सीलाई ६–० ले हराउँदा अगुएरोले ह्याट्रिक पुरा गरेका थिए । प्रिमियर लिगमा त्यो उनको ११ औं ह्याट्रिकसहित १८ गोल गरेर उनले लिभरपलका मोहम्मद सलाहको रेकर्ड तोडेका थिए ।
The post प्रिमियर लिगः सिटीका ग्वार्डिओला र अगुएरो उत्कृष्ट appeared first on Sajha Post.