नयाँ दिल्ली, २५ फागुन । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पूर्वकप्तान एमएस धोनीलाई टिम बाहिर पठाएका छन् । कप्तान कोहलीको यो निर्णयसँगै उत्कृष्ट विकेटकीपर तथा फिनिसर धोनीले अष्ट्रेलियासँगको बाँकी दुई खेल गुमाउने भएका छन् ।
अष्ट्रेलियासँगको जारी सिरीजमा पहिलो खेलमा अविजित ५९ रनको अविजित पारी खेलेका थिए । तर, उनले दोस्रो खेलमा डक र तेस्रो खेलमा २६ रनमा आउट हुन पुगे ।
पाँच वान डे सिरीज अन्तर्गत शुक्रबार तेस्रो खेलमा भारत पराजित भएको थियो । खराब फर्ममा रहेका धोनीले दुवै खेलमा खराब प्रदर्शन गरेका थिए । अब बाँकी दुई खेलमा धोनीको स्थानमा ऋषभ पन्तले मौका पाउने भएका छन् । तेस्रो खेलमा कप्तान विराट कोहलीले १ सय २३ रन बनाए पनि जित दर्ता गर्न सकेनन् ।
धोकीको वान डे करिअरमा राँचीको खेलनै अन्तिम घरेलु खेल हुन सक्ने अनुमान गरिएको छ । यसपछि भारतले खेल्ने विश्वकपपछि धोनीले सन्यास लिने सम्भावना रहेको छ । सन् २०१८ मा खराब प्रर्दशन गरेका धोनीले ०१९ राम्रो लयमा फर्किएका छन् । नयाँ वर्षमा ८ खेल खेलेका धोनीले ८१.७५ को औसतमा ४ अर्धशतकसहित ३ सय २७ रन जोडी सकेका छन् ।
श्रृंखलामा २-१ ले अघि रहेको भारतले अष्ट्रेलियासँऊ चौथो आइतबार र अन्तिम तथा पाँचौ खेल मार्च १३ मा खेल्ने छ ।
The post खराब प्रदर्शन गरेका धोनी आउट, कोहलीले गरे ऋषभलाई इन appeared first on Sajha Post.